कार्की आयोगमा सिग्देलको बयान: ‘महत्वपूर्ण निकाय जोगायौं’, तर भूमिकामा उठ्यो गम्भीर प्रश्न

कार्की आयोगमा सिग्देलको बयान: ‘महत्वपूर्ण निकाय जोगायौं’, तर भूमिकामा उठ्यो गम्भीर प्रश्न

केन्द्रबिन्दु
39
Shares

काठमाडाैं । भदौ २३ र २४ गतेका घटनाबारे पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगसमक्ष दिएको बयानमा प्रधानसेनापति अशोक सिग्देलले आन्दोलनकारीबाट सिंहदरबार, शितल निवासलगायत महत्वपूर्ण सरकारी निकाय जोगाउन नेपाली सेनाले सक्रिय भूमिका खेलेको दाबी गरेका छन्।

उनका अनुसार भीड नियन्त्रणका लागि मौलिक चेतावनी दिइनुका साथै ४६ राउन्डभन्दा बढी हवाई फायर गरिएको र प्रदर्शनकारीलाई पटक–पटक धकेली बाहिर पठाउने प्रयास गरिएको थियो।

उनले भदौ २४ बिहानैदेखि कर्फ्यू लगाउन सेनाले सुझाव दिएको भए पनि ढिला निर्णय हुँदा स्थिति नियन्त्रण बाहिर गएको बताएका छन्।

तर प्रत्यक्षदर्शी र आरोपहरूका अनुसार सर्वोच्च अदालतमा आगजनी हुँदा सेना मुकदर्शक बनेको भन्दै प्रश्न उठेको छ।

यसैबीच सिग्देलको बयानमा सेना परिचालनबारे विरोधाभास देखिएको छ। संवैधानिक प्रावधानअनुसार स्पष्ट कार्यादेशबिना सेना परिचालन नहुने बताएका उनले सोही दिन राति १० बजेपछि सेना पूर्ण रूपमा तैनाथ भएको उल्लेख गरेका छन्, तर त्यसको औपचारिक निर्णयको आधार भने खुलाएका छैनन्।

Logo