महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

केन्द्रबिन्दु
9
Shares

पाल्हीनन्दन। महेशपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेको छैन। रु १२ करोड ३० लाख ७४ हजार लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व उठेको छ।

भन्सार प्रमुख विकास उपाध्यायका अनुसार बाँकी चार महिनामा १४ प्रतिशत राजस्व उठाएर लक्ष्य पूरा गर्न चुनौती रहेको छ।

चालु आवको साउनमा रु एक करोड ६४ हजार ५९७, भदौमा रु एक करोड ५९ लाख ११ हजार ५४२, असोजमा रु एक करोड ९१ लाख ९५३, कात्तिकमा रु ८७ लाख २५ हजार २९७, पुसमा रु एक करोड २३ लाख ९८ हजार ६३६ र फागुनमा रु एक करोड ३९ लाख ४५ हजार ५८४ राजस्व सङ्कलन भएको छ।

यसैगरी मङ्सिरमा रु एक करोड ८३ लाख ३२ हजार ६८३ र माघमा रु एक करोड ६९ लाख ३० हजार १४१ राजस्व उठेको छ, जुन लक्ष्यभन्दा बढी हो।

Skip This
Skip This
Logo