काठमाडौं। प्रतिनिधिसभा सदस्यहरूको शपथसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक शक्ति सन्तुलनतर्फ केन्द्रित भएको छ। यही सन्दर्भमा आज दिउँसो ४ बजे केन्द्रीय समितिको बैठक बस्दै छ।
वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा संसदीय दलको नेता चयन मुख्य एजेन्डा बनेको छ। यस निर्णयले संसद्भित्र पार्टीको नेतृत्व र आगामी रणनीति निर्धारण गर्ने भएकाले बैठकलाई महत्वका साथ हेरिएको छ।
रास्वपाले चुनावका बेला वरिष्ठ नेता बलेन्द्र शाह (बालेन)लाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको पृष्ठभूमिमा संसदीय दलको नेता चयनलाई चासोका साथ हेरिएको छ।
नवनिर्वाचित सांसदहरूको शपथ सकिएलगत्तै बस्ने यो बैठकले पार्टीभित्रको शक्ति समीकरण र आगामी राजनीतिक भूमिका स्पष्ट पार्ने अपेक्षा गरिएको छ।































प्रतिक्रिया