काठमाडौं।आज चैत्र शुक्ल अष्टमीका दिन देशभर चैते दसैँ मनाइँदैछ। घर–घरमा नवदुर्गा भगवतीको पूजा आराधना भइरहेको छ। वर्षमा चार नवरात्र पर्ने भए पनि असोज महिनाको बडादसैँ जति चैते दसैँ व्यापक रूपमा नमनाइए पनि यसको छुट्टै महत्व रहेको छ। धेरैजसो परिवारमा टीका–जमरा लगाउने चलन नहुँदा यो पर्व सीमित रूपमा मनाइने गरिएको छ ।
काठमाडौंको हनुमानढोकाको दसैँघरमा भने घटस्थापना गरेर अष्टमीका दिन विशेष पूजा र बलि दिने परम्परा छ । चैते दसैँमा अष्टमी र नवमीलाई मुख्य दिनका रूपमा लिइन्छ । नवमीलाई रामनवमीका रूपमा पनि मनाइन्छ । धार्मिक मान्यताअनुसार यस दिन भगवान् रामको जन्म भएको मानिन्छ ।
बडादसैँजस्तै यस पर्वमा पनि पूजा, आराधना र परिवारबीच भेटघाट हुने गर्दछ । सुख, शान्ति र आशीर्वादका लागि देवीको पूजा गर्ने परम्परा रहेको छ । आज देशका विभिन्न देवी काली भगवतिका शक्तिपीठहरुमा दर्शनार्थीहरुको घुईँचो लाग्ने गर्दछ । विशेष गरी जयन्ती, मंगलाकाली, भद्रकाली, कपालीनि, दक्षिणकाली,बाग्लुङकाली लगायतका प्रशिद्ध शक्तिपीठहरुमा विहानैदेखी दर्शनार्थीको घुईँचो लागेको छ ।





























प्रतिक्रिया