विवाद हुँदाहुँदै राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्षमा श्रेष्ठले गरे पदभार ग्रहण

विवाद हुँदाहुँदै राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्षमा श्रेष्ठले गरे पदभार ग्रहण

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ नियुक्त भई पदभार ग्रहण गरेका छन्। बुधबार कार्यालय पुगेर उनले औपचारिक रूपमा पदभार सम्हाले। प्रधानमन्त्री सुशीला कार्कीले उनलाई आगामी पाँच वर्षका लागि उक्त पदमा मनोनीत गरेकी हुन्।

श्रेष्ठ पूर्व प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव रहिसकेका थिए । आफ्नै प्रमुख स्वकीय सचिवलाई कोषमा मनोनयन गरेको निर्णयले प्रधानमन्त्री कार्कीमाथि चौतर्फी आलोचना पनि जन्माएको छ । यस नियुक्तिलाई आलोचनात्मक दृष्टिले हेरिएको छ ।

Logo