तीन प्रहरीको मृत्युको जिम्मेवारी तत्कालीन आइजिपीले लिनुपर्छ : आयोग

तीन प्रहरीको मृत्युको जिम्मेवारी तत्कालीन आइजिपीले लिनुपर्छ : आयोग

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ । जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले २४ भदौको आन्दोलनमा तीन प्रहरीको मृत्युको जिम्मेवारीसमेत तत्कालीन आइजिपी चन्द्रकुवेर खापुङले लिनुपर्ने निष्कर्ष निकालेको छ । खापुङको निर्देशनका कारण प्रहरीको मनोबल खस्किएको र त्यसले ठुलो क्षति भएको आयोगको रिपोर्टमा उल्लेख छ ।

२४ भदौको आन्दोलनमा महाराजगन्जमा दुई तथा कोटेश्वरमा एक प्रहरीको आन्दोलनकारीले निर्मम हत्या गरेका थिए भने अरू दर्जनौँ घाइते भए।

सैनिक मुख्यालयमा बसेर तत्कालीन आइजिपी खापुङ र एआइजी दानबहादुर कार्कीले हिरासतका थुनुवाहरू छाड्न दिएको निर्देशनले त्यो परिस्थिति उत्पन्न भएको आयोगको दाबी छ ।

आयोगले तत्कालीन आइजिपी खापुङलाई १० वर्षसम्म कैद सजाय हुने गरी मुलुकी अपराध संहिताअनुसार ‘लापरबाहीपूर्वक काम गरी ज्यान मार्न नहुने’ कसुरमा कारबाही सिफारिस गरेको छ । 

Skip This
Skip This
Logo