एमालेद्वारा प्रतिनिधि र राष्ट्रिय सभाका सांसदहरूको बैठक आह्वान, ओलीले निर्देशन दिने

एमालेद्वारा प्रतिनिधि र राष्ट्रिय सभाका सांसदहरूको बैठक आह्वान, ओलीले निर्देशन दिने

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा र राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरूको संयुक्त बैठक आह्वान गरेको छ।

सांसदहरूको शपथ ग्रहण सम्पन्न भएपछि, बिहीबार दिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने योजना रहेको सचिव पद्मा अर्यालले जानकारी दिइन्। बैठकमा राष्ट्रिय सभाका सदस्यहरू पनि सहभागी हुनेछन्।

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले बिहीबार दिउँसो २ बजे सिंहदरबारमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ।

पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी रणनीति र निर्देशन दिने कार्यक्रम समावेश छ। यद्यपि, प्रतिनिधि सभाको दल नेताको चयन सम्बन्धी कार्यसूची बैठकमा नरहेको शाहीले स्पष्ट पारे। एमाले प्रतिनिधि सभामा २५ जना सांसदले स्थान पाएका छन्।

Skip This
Skip This
Logo