प्रहरी महानिरीक्षक कार्कीद्वारा चैते दसैँको अवसरमा मौलो पूजा सम्पन्न

प्रहरी महानिरीक्षक कार्कीद्वारा चैते दसैँको अवसरमा मौलो पूजा सम्पन्न

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले चैते दसैँको अवसरमा बिहीबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १, नक्सालमा मौलो पूजा सम्पन्न गरेका छन्।

परम्परागत रूपमा नेपाल प्रहरीले मनाउँदै आएको मौलो पूजा अर्चनामा महानिरीक्षक कार्कीले बली पूजा गर्दै निशानमा पञ्जा छाप समेत लगाएका थिए।

त्यस अवसरमा मौलो पूजाका विशेष कार्यमा संलग्न प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी र नगद पुरस्कार प्रदान गरिएको थियो भने प्रहरी हवल्दार राम कुमार कार्कीलाई पनि नगद पुरस्कार दिइएको थियो।

पूजामा महानिरीक्षक कार्कीसहित प्रहरी अतिरिक्त महानिरीक्षक, नायव महानिरीक्षक, वरिष्ठ तथा अन्य अधिकृतहरू सहभागी थिए। पूजा विसर्जनपछि मुख्य निशान मूलकोत हनुमान ढोकातर्फ प्रस्थान गराइएको थियो र पुजारीद्वारा टीका तथा प्रसाद ग्रहण गरिएको थियो।

Logo