काठमाडौं
स्वास्थ्य क्षेत्रमा भएको विकृति विसंगति हटाउन त्रिवि शिक्षा अस्पतालका वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसी १४ पटक सम्म अनशन बसिसकेका छन् । स्वास्थ्य सुधारका लागि धेरै पटक आमरण अनशन बसेर केसीले सरकारसँग गरेका सम्झौता भने अलपत्र छन् । पटक पटकको सरकारी प्रतिवद्धताका बावजुद चिकित्सा क्षेत्रमा आमजनताले महसुस गर्ने गरी सुधार हुनै सकेको छैन । केसीको अभियान मिडिया र अधिकारकर्मीका लागि मसला भएपनि दुरदराजका आमजनतामा कुनै प्रभाव पारेको देखिएको छैन ।राजधानीका हुने खानेका लागि चिकित्सा क्षेत्रको विकृति विसंगतिमा सुधारका लक्षण देखिए होलान् तर दुरदराजको स्वास्थ्य अवस्था भने अझै विकराल छ । अहिले पनि सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकहरु दुरदराजमा जानै मान्दैनन् । जनसहभागिता स्थापना गरी सरकारद्वारा सञ्चालन गर्न लागिएको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेमा मागिएकोमा विशेषज्ञ चिकित्सकले आवेदन दिएनन् ।
त्यहाँ पहिलो पटक ०७४ साउन २४ गते आवेदन खुला गरिएको थियो । भदौ २१ दरखास्त दिने अन्तिम म्याद थियो । क्यान्सरका विशेषज्ञ चिकित्सक, गाइनोकोलोजी अंकोलोजी र रेडियोलोजीमा आवेदन नै परेन । आवेदन नपरेपछि पुनः १५ दिन म्याद थप गरियो । विशेषज्ञ चिकित्सकको आवेदन नपरेपछि लिखित परीक्षा समेत सञ्चालन भई नतिजा आइसकेको छ । सर्जिकल अंकोलोजी र मेडिकल अंकोलोजीमा समेत न्यून आवेदन पर्यो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वराम पौडेलले सरकारी अपस्तालमा सेवा सुविधामा कमी हुने भएकाले क्यान्सरका विशेषज्ञ चिकित्सकको आवेदन नदिएकोे बताए । उनले क्यान्सरका विशेषज्ञ चिकित्सक मुलुकमा कम भएकाले आवेदन नपरेको बताए । ‘एक त विशेषज्ञ नै कम छन्, अर्को कुरा सीमित सेवा सुविधामा भएकाले उनीहरुलाई यहाँ ल्याउन समेत गाह्रो छ’, उनले भने, ‘अर्कातिर डाक्टर उत्पादन नै कम छ ।’
अन्नपूर्णबाट































प्रतिक्रिया