काठमाडौं ।
डिल्लीबजार कारागारबाट भागेका कैदी टिकाबहादुर थापालाई प्रहरीले गोली हानेको छ । उनको हात र तिघ्रमा गोली लागेको चितवन प्रहरी प्रमुख दिपक थापाले बताए ।
माघ ४ गते मा डिल्लीबजार कारागारबाट भागेका उनि चोरी, लुटपाट र डकैटी सम्बन्धी घट्नामा पटकपटक पक्राउ पर्ने गरेका व्यक्ति हुन् ।
थापा र प्रहरी टोलीबीच चितवनको रामनगरस्थित पेट्रोल पम्प अगाडि गोली हानाहान भएको हो । पक्राउ गर्न गएको प्रहरी टोलीमाथि गोली चलाएपछि महानगरीय अपराध महाशाखाको टोलीले जवाफी फायरिङ गरेको एसएसपी दिवेश लोहनीले बताए ।
ना ४७ प ५०५२ नम्वरको मोटरसाइकलमा चढेर आएका दुई जना मध्ये पछाडि बस्ने थापाले प्रहरीमाथि फायर खोलेका थिए । जवाफी फायररिङ गर्दा तिघ्रा र हातमा गोली लागेको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए ।
थापा मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको सूचनाका आधारमा अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले रामनगरमा चेकजाँच गरेको थियो ।





























प्रतिक्रिया