विश्वको सबैभन्दा अग्लो केटा र सबैभन्दा होची केटी एकसाथ यस्तो देखिए

विश्वको सबैभन्दा अग्लो केटा र सबैभन्दा होची केटी एकसाथ यस्तो देखिए

केन्द्रबिन्दु
0
Shares

दुनियाँमा अजब–गजब घटना हुने गर्छन् । यो त्यस्तै प्रसंग हो । विश्वकै सबैभन्दा अग्ला केटाको अगाडि सामान्य व्यक्ति कति बामपुड्को देखिन्छ ? पक्कैपनि निकै असुहाउदिलो देखिन्छ । अब अनुमान गरौं कि संसारकै सबैभन्दा अग्ला केटाको अगाडि संसारकै सबैभन्दा होची केटीको जोडा कस्तो देखिएला ?

यहाँ फोटोले प्रष्ट देखाएको छ ।

सर्वाधिक अग्ला र सर्वाधिक होची केटाकेटीबीच हालै फोटोसुट भएको छ । मिस्रमा उनीहरुको फोटोशुट भएको हो । त्यहाँ पिरामिडको विचमा उनीहरुले फोटो शेसन गराए ।

विश्वका सबैभन्दा अग्ला केटा ३५ बर्षिय सुल्तान कोसेन हो । उनी टर्कीका हुन् । उनको उचाई ८ फिट १ इन्च छ । त्यस्तै संसारकै सबैभन्दा होची केटी २४ बर्षकी छिन् । उनको नाम ज्योति आमगे हो । उनी भारतकी हुन् ।

उनीहरुलाई पर्यटन बोर्डले त्यहाँ निम्त्याएको थियो । त्यही अवसरमा दुबै जोडीले फोटोसुट गराए ।

Skip This
Skip This
Logo