सांसदको सपथ खाएकै दिन बालेनको नयाँ गीत सार्वजनिक [भिडियो]

सांसदको सपथ खाएकै दिन बालेनको नयाँ गीत सार्वजनिक [भिडियो]

केन्द्रबिन्दु
1.9k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो नयाँ सांगीतिक कोसेली ‘जय महाकाली’ सार्वजनिक गरेका छन्।

रोचक संयोग त के छ भने, प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकै दिन पारेर बालेनले यो गीत बजारमा ल्याएका हुन्। र्‍याप विधामा आधारित यस गीतमा बालेनलाई चर्चित ‘द स्याडोज’ ब्यान्डका भोकलिस्ट स्वप्निल शर्माले साथ दिएका छन्। बालेनको शब्द, रचना र संगीत रहेको यस गीतमा स्वप्निलको दमदार स्वरको फ्युजन सुन्न सकिन्छ।

‘जय महाकाली’ गीतलाई ‘फोसिल’ले मिक्सिङ र मास्टरिङ गरेका हुन् भने संगीत उत्पादनमा ‘क्रोनिक बिट्स’को सहकार्य रहेको छ। नेप्सेक स्टुडियोमा रेकर्ड गरिएको यस गीतको भिडियो सम्पादन बिकेश मगरले गरेका छन्।

Logo