बालेन नेतृत्वको सरकारमा मन्त्री भागबन्डा तीव्र, सोविता गौतम स्वास्थ्य मन्त्री बन्ने सम्भावना

बालेन नेतृत्वको सरकारमा मन्त्री भागबन्डा तीव्र, सोविता गौतम स्वास्थ्य मन्त्री बन्ने सम्भावना

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारमा मन्त्री चयनबारे छलफल तीव्र बनेको छ । आज हुने प्रधानमन्त्रीको शपथसँगै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेका बेला स्वास्थ्यमन्त्रीका लागि सोविता गौतमको नाम बलियो रूपमा अघि आएको छ ।

यसअघि उनलाई कानूनमन्त्री बनाउने चर्चा भए पनि पछिल्लो राजनीतिक छलफलमा उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने विषयमा गम्भीर कुराकानी भइरहेको स्रोतहरूले बताएका छन्।

स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय अनुभव र विश्व स्वास्थ्य संगठन (WHO) सँगको प्रतिनिधित्वका कारण सोवितालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीका लागि उपयुक्त मानिएको बताइएको छ । पार्टीभित्र पनि स्वास्थ्य क्षेत्रको सुधारका लागि विशेषज्ञ नेतृत्व आवश्यक रहेको धारणा बलियो बन्दै गएको छ ।

यता कानून मन्त्रालयका लागि भने प्रतिभा रावलको नाम चर्चामा रहेको छ। मन्त्रालय बाँडफाँड र मन्त्रीहरूको अन्तिम सूचीबारे शीर्ष नेताहरूबीच अझै छलफल जारी रहेको जनाइएको छ ।

Logo