नयाँ सांसदलाई संसदीय अभ्यासबारे तालिम दिंदै कांग्रेस

नयाँ सांसदलाई संसदीय अभ्यासबारे तालिम दिंदै कांग्रेस

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास, प्रक्रिया र पार्टीको नीति–प्राथमिकताबारे अभिमुखीकरण तालिम दिने भएको छ ।

पार्टीका महामन्त्री प्रदीप पौडेलका अनुसार प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरूका लागि विशेष अभिमुखीकरण कार्यक्रम शनिबार बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु हुनेछ।

कार्यक्रममा संसदीय कामकाज, विधायन प्रक्रिया, नीति निर्माणका प्राथमिकता तथा पार्टीको निर्वाचन प्रतिज्ञापत्रबारे विस्तृत जानकारी दिइनेछ। प्रतिनिधिसभामा कांग्रेसबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना सांसद निर्वाचित भएका छन् भने राष्ट्रिय सभामा ९ जना नयाँ सदस्य रहेका छन्।

पार्टीले संसदीय कार्यलाई प्रभावकारी बनाउन र नयाँ सांसदहरूलाई अनुभव र प्रक्रियासँग परिचित गराउने उद्देश्यसहित यो कार्यक्रम आयोजना गरेको हो। गत चैत ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार यो अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

Skip This
Skip This
Logo