अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले

अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारमा अर्थमन्त्रीका रूपमा डा. स्वर्णिम वाग्लेको नाम टुंगो लागेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार उनको नाम अर्थ मन्त्रालयको जिम्मेवारीका लागि औपचारिक रूपमा तय गरेको हो।

तनहुँ–१ बाट निर्वाचित वाग्ले रास्वपाका उपसभापति समेत हुन्। उनी पहिलो पटक मन्त्री बन्न लागेका हुन्। अर्थशास्त्रका विज्ञका रूपमा परिचित वाग्लेलाई पार्टीले आर्थिक नीति, बजेट व्यवस्थापन र संरचनात्मक सुधारका प्रमुख जिम्मेवारीसहित अर्थ मन्त्रालयको नेतृत्व दिन लागेको बताइएको छ।

यसअघि चुनावअघि नै पार्टी सभापति रवि लामिछानेले वाग्लेलाई बजेट निर्माण प्रक्रियामा सक्रिय भूमिका लिन सार्वजनिक रूपमा आग्रह गरेका थिए। नयाँ सरकारमा उनको भूमिकालाई आर्थिक सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Logo