सोबिता गौतमलाई कानुन मन्त्रालयको जिम्मेवारी

सोबिता गौतमलाई कानुन मन्त्रालयको जिम्मेवारी

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । बालेन शाह नेतृत्वको नयाँ सरकारमा सोबिता गौतम कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेकी छन्।

चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गौतमले चुनावमा रेणु दाहाललाई फराकिलो मतान्तरले हराएकी थिइन्। उनले ५९ हजारभन्दा बढी मत ल्याउँदा दाहालले करिब २० हजार मत मात्र पाएकी थिइन्।

राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य समेत रहेकी गौतम नयाँ पुस्ताको नेतृका रूपमा चिनिन्छिन्। सुशासन, पारदर्शिता र नागरिक अधिकारका विषयमा सक्रिय रहँदै आएकी उनलाई अब कानुन मन्त्रालयको जिम्मेवारी दिइएको हो।

नयाँ भूमिकामा उनले कानुनी प्रणालीलाई सरल र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Logo