काठमाडौं । शपथ ग्रहणलगत्तै नवनियुक्त गृहमन्त्री सुधन गुरुङ गृह मन्त्रालय पुगेका छन्।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री बालेन शाहसँगै उनले पद तथा गोपनीयताको शपथ लिएका थिए। त्यसपछि उनी सीधै गृह मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।
नयाँ सरकारमा तेस्रो वरियतामा रहेका गुरुङले अब आन्तरिक सुरक्षा, प्रशासनिक सुधार र शान्ति–व्यवस्था सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम अघि बढाउने अपेक्षा गरिएको छ।































प्रतिक्रिया