कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने गृहमन्त्री गुरुङको घोषणा

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने गृहमन्त्री गुरुङको घोषणा

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताएका छन्।

सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठित आयोगको सिफारिस अनुसार अघि बढ्ने स्पष्ट पारे।

गुरुङले सरकार एकद्वार प्रणालीमार्फत काम गर्ने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाइने पनि बताए।

त्यस्तै उनले ‘जेनजी आन्दोलन’ को भावना अनुसार सरकारले काम गर्ने उल्लेख गर्दै सुशासन र जवाफदेहितालाई प्राथमिकतामा राख्ने संकेत दिएका छन्।

Skip This
Skip This
Logo