नवनियुक्त सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै

नवनियुक्त सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा बालेन्द्र शाहलाई नियुक्त गरेपछि नवनियुक्त मन्त्रिपरिषद्का सदस्यहरूले आजै शपथ ग्रहण गरेका छन्।

शपथपछि मन्त्रीहरूले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन्। अब केहीबेरमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नयाँ सरकारको पहिलो बैठक बस्ने तयारी छ।

बैठकका लागि मन्त्रीहरू पदभार सकेर प्रधानमन्त्री कार्यालयतर्फ पुगिरहेका छन्। सरकारले आगामी दिनका प्राथमिक कामबारे यसै बैठकबाट निर्णय गर्ने अपेक्षा गरिएको छ।

हालसम्म धेरैजसो मन्त्रीहरूले पहिलो औपचारिक निर्णय भने गरिसकेका छैनन्।

Logo