बालेनलाई प्रधानमन्त्री बनाउँदा गर्व लागेको छ: रवि लामिछाने

बालेनलाई प्रधानमन्त्री बनाउँदा गर्व लागेको छ: रवि लामिछाने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउन पाउँदा आँफूलाई गर्व महशुस भएको बताएका छन्।

सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चुनावका बेला जनतासामु गरेका वाचा पूरा गर्ने दिशामा अघि बढेको दाबी गरे।

लामिछानेले अब सरकारको मुख्य जिम्मेवारी जनजीवनमा सुधार ल्याउने र पार्टीको बाचा कार्यान्वयन गर्ने रहेको बताए।

उनले बालेन शाह पाँच वर्षका लागि प्रधानमन्त्री भएको उल्लेख गर्दै आवश्यक परे अझै लामो समय नेतृत्वमा रहन सक्ने पनि संकेत गरे। साथै, सरकारमा कुनै आलोपालोको सहमति नभएको स्पष्ट पारे।

Logo