काठमाडौं । ३५ वर्षको उमेरमा नेपालको सबैभन्दा कान्छा प्रधानमन्त्री बनेका बालेन्द्र शाह (बालेन) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनी नेपालको पहिलो मधेशी मूलका प्रधानमन्त्री पनि हुन् ।
¥यापर, स्ट्रक्चरल इन्जिनियर र काठमाडौंका पूर्वमेयरको रूपमा परिचित बालेनको यो उदय नेपालको राजनीतिक इतिहासमा अभूतपूर्व ‘सफलता’ हो — जसले सत्ताको पुरानो संरचना नै ध्वस्त पारिदिएको छ ।
नेपालको ४३औं प्रधानमन्त्री बनेपछि बालेनलाई अन्तर्राष्ट्रिय मिडियाले बालेनको उदयलाई तीखो र स्पष्ट शब्दमा चित्रण गरेका छन् । बीबीसीले “रिबेलियस ¥यापरको उदय” शीर्षकमा समाचार लेख्दै बालेनको अन्डरग्राउन्ड ¥याप ब्याटलबाट सुरु भएको यात्रालाई मुख्य आधार बनाएको छ । न्यूयोर्क टाइम्सले बालेनलाई “झगडालु शैली” भएको युवा नेता भनेको छ ।
भारतीय मिडियाले पनि बालेनलाई विशेष महत्व दिएको छ । दैनिक भास्करले “मधेस वार प्रतिनिधित्व गर्ने पहिलो नेपाली प्रधानमन्त्री” शीर्षकमा लेख्दै उनको ¥याप मार्फत भ्रष्टाचार र विकृतिविरुद्ध उठाएको आवाजलाई जोडेको छ । दक्षिणी तराईको मधेशी पृष्ठभूमिले नेपालको राजनीतिमा नयाँ प्रतिनिधित्वको ढोका खोलेको उल्लेख गर्दै भास्करले बालेन प्रधानमन्त्री बनेको घटनालाई ऐतिहासिक भनेको छ । रोयटर्सले “नेपालको पहिलो मधेशी प्रधानमन्त्री” भनेर सीधा र तथ्यपरक समाचार दिएको छ ।
त्यस्तै हिन्दुस्तान टाइम्सले “नेपाल्स योङ्गेस्ट प्राइमिनिष्टर” शीर्षक लेख्दै बालेनको कार्यकाललाई “देश र जनता आजीत भएको बेला अहम” मानेको छ । इन्डिया टुडे र हिन्दुस्तानले “को हुन् बालेन शाह ?” शीर्षकमा उनलाई “भारतसँग सम्बन्ध रहेको, व्यावहारिक र काम गर्ने खालको प्रधानमन्त्री” भनेर चित्रण गरेका छन् ।
इकोनोमिस्ट, गार्डियन, ड्वी र अल जजीरा जस्ता विश्वप्रसिद्ध मिडियाले बालेनको विजयलाई “ल्याण्डस्लाइड भिक्ट्री” र “स्याटर्ड पावर स्ट्रक्चर” को रूपमा वर्णन गरेका छन् । उनीहरूका अनुसार यो जितले नेपालको पुरानो सत्ताको संरचनालाई नै चकनाचुर पारिदिएको छ ।
अन्तर्राष्ट्रिय मिडियाले मिडियाहरू बालेनबारे सकारात्मक लेख्नुका साथै सुझाव पनि दिएका छन् । रोयटर्स र बीबीसीले राजनीतिक स्थिरता कायम गर्न, रोजगारी सिर्जना गर्न, सन् २०२५ को जेनजी आन्दोलनको न्याय सुनिश्चित गर्न र आर्थिक सुधारलाई तीव्रता दिनुपर्ने कठिन कार्यभार औंल्याएका छन् ।
समग्रमा, बालेन शाह अब नेपालको मात्र नभई विश्वको ध्यान खिच्ने ‘रिबेलियस’ नेता बनेका छन् ।
बालेनको उदयले परम्परागत राजनीतिक वर्गलाई अब युवा, क्रान्तिकारी र परिणाममुखी नेतृत्वको युग सुरु भएको स्पष्ट सन्देश दिएको छ ।































प्रतिक्रिया