काठमाडौं
सरकारले २४ माघका लागि राष्ट्रिय सभा निर्वाचनको मिति तय गरेको छ । तर प्रदेशसभा सांसद र स्थानीय तहका अधिकांश प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष राष्ट्रिय सभाको निर्वाचनको मिति बाहेक मतदान प्रक्रिया र कहाँ मतदान हुन्छ भन्नेबारे अझै अनविज्ञ छन् ।
निर्वाचन आयोगले दलका केन्द्रीय स्तरका नेतालाई आयोगमा बोलाएर निर्वाचनको प्रक्रिया र मतगणनाबारे जानकारी गराए पनि जनताबाट प्रत्यक्ष मतदान भएर चुनिएका प्रदेशका सांसद र स्थानीय तहका प्रमुख उपप्रमुखले भने निर्वाचनको मिति बाहेक अन्य प्रक्रिया र मतदान स्थलबारे जानकारी नभएको बताए ।
प्रदेश १ को इलाम–१ ‘क’ बाट नेकपा एमालेका तर्फबाट निर्वाचित प्रदेश सांसद काजीमान कागतेले २४ गते निर्वाचन हुने जानकारी भएको तर कसरी मतदान गर्ने र कहाँ गएर गर्ने भन्नेबारे जानकारी नभएको बताए । ‘२४ गते निर्वाचन हुने भन्ने जानकारी आएको छ, निर्वाचनमा कसरी मतदान गर्ने र मतदानका लागि कहाँ जाने भन्ने बारे केही थाहा छैन,’ उनले भने, ‘पार्टीले उठाएको उम्मेदवारलाई भोट हाल्ने हो, पार्टीको लाइन छाडिँदैन । अरू त्यस दिन सम्ममा जानिएला नि ।’
राजधानीबाट





























प्रतिक्रिया