पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ

केन्द्रबिन्दु
18
Shares

भक्तपुर।पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। प्रहरीले भक्तपुरको गुण्डुस्थित उनको निवासमै पुगेर नियन्त्रणमा लिएको हो।

यसैगरी, तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पनि भक्तपुरकै कटुञ्जेबाट आज बिहानै प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएर काठमाडौं ल्याएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भदौ २३ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा १९ जनाको ज्यान गएको घटनामा अनुसन्धान गर्न दुवै नेतालाई पक्राउ गरिएको हो। जाँचबुझ आयोगको प्रतिवेदन र पीडित परिवारले दिएको जाहेरीका आधारमा कारबाही अघि बढाइएको बताइएको छ। उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ‘हेलचेक्र्याईं गरी ज्यान मार्ने’ कसुरमा अनुसन्धान भइरहेको छ। यस कसुरमा दोषी ठहर भए अधिकतम ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ।

नवनियुक्त प्रधानमन्त्री बालेन शाहको मन्त्रिपरिषद्ले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। प्रहरीले पक्राउपछि आवश्यक प्रक्रिया पूरा गरी २४ घण्टाभित्र अदालतमा पेश गर्ने तयारी गरेको जनाएको छ।

Logo