पक्राउपछि ओलीको प्रतिक्रिया: प्रतिसोध साँधियो,कानुनी रूपमा लड्छु

पक्राउपछि ओलीको प्रतिक्रिया: प्रतिसोध साँधियो,कानुनी रूपमा लड्छु

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्राउलाई अन्यायपूर्ण भन्दै कानुनी रूपमा सामना गर्ने बताएका छन्।

जेनजी आन्दोलनका क्रममा भएको घटनासँग जोडेर प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। प्रहरी पुगेपछि उनले आफ्ना कानुनी सल्लाहकारहरूसँग छलफल गरेका थिए।

सो क्रममा ओलीले आफूविरुद्धको कदम निष्पक्ष नभएको दाबी गर्दै अदालतमार्फत न्याय खोज्ने बताएका छन्। उनले वकिलहरूलाई मुद्दाको तयारी गर्नसमेत निर्देशन दिएका थिए।

ओलीसँग परामर्शमा रहेका कानुन व्यवसायीहरूले पनि पक्राउको आधार कमजोर रहेको दाबी गरेका छन्। उनीहरूको भनाइमा, यस विषयमा अदालतमा चुनौती दिइने तयारी भइरहेको छ।

अहिले यो घटनाले राजनीतिक र कानुनी दुवै क्षेत्रमा बहस सुरु गराएको छ।

Logo