ओली पक्राउपछि बास्कोटाको टिप्पणी: प्रतिशोधको राजनीति र विदेशी मोडेल नेपाली समाजले स्वीकार्दैन

ओली पक्राउपछि बास्कोटाको टिप्पणी: प्रतिशोधको राजनीति र विदेशी मोडेल नेपाली समाजले स्वीकार्दैन

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारको पछिल्लो कदमप्रति आलोचना गरेका छन्।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले सरकारले अपनाएको शैली नेपाली राजनीतिक संस्कृतिसँग मेल नखाने दाबी गरेका छन्। उनका अनुसार प्रतिशोध र पूर्वाग्रहमा आधारित राजनीति दीर्घकालीन रूपमा सफल हुन सक्दैन।

बास्कोटाले नेपाली समाजले बाह्य मुलुकका राजनीतिक मोडेल नस्वीकार्ने भन्दै अहिलेको अवस्थाप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्। उनले यस्तो शैलीले देशलाई सकारात्मक दिशातर्फ नलैजाने चेतावनीसमेत दिएका छन्।

उनको भनाइपछि राजनीतिक वृत्तमा फेरि नयाँ बहस सुरु भएको छ।

Logo