सडक, सदन र अदालत तीनै मोर्चाबाट प्रतिवाद गर्ने एमालेको चेतावनी

सडक, सदन र अदालत तीनै मोर्चाबाट प्रतिवाद गर्ने एमालेको चेतावनी

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउपछि नेकपा एमालेले कडा प्रतिवाद गर्ने घोषणा गरेको छ।

पार्टीले सचिवालय बैठक बोलाउँदै आन्दोलनको रणनीति तय गर्ने जनाएको छ । एमालेका नेताहरूका अनुसार अब पार्टीले सदन, सडक र कानुनी उपचार तीनै मोर्चाबाट सरकारको कदमविरुद्ध अघि बढ्नेछ।

एमालेले जाँचबुझ आयोगको प्रतिवेदनलाई “आग्रहपूर्ण र प्रतिशोधपूर्ण” भन्दै आपत्ति जनाएको छ। पक्राउ प्रक्रिया पनि पूर्वाग्रही ढंगले अघि बढाइएको दाबी गरिएको छ ।

नेताहरूले सामान्य अवस्थामा पनि रातारात पक्राउ गर्नु अस्वाभाविक भएको टिप्पणी गरेका छन्। साथै सुरक्षा निकायको परिचालन र पक्राउ शैलीमाथि समेत प्रश्न उठाइएको छ ।

एमालेले आफूहरू लोकतान्त्रिक प्रक्रियामै संघर्ष गर्ने भन्दै सडक प्रदर्शनदेखि कानुनी चुनौतीसम्म सबै विकल्प खुला राखेको जनाएको छ । अहिले एमालेको सचिवालय बैठक बस्दैछ ।

Logo