काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि नेपाली कांग्रेसभित्र छलफल र परामर्श तीव्र बनेको छ।
पार्टीका शीर्ष नेताहरू अहिले आन्तरिक छलफलमा जुटेका छन्। कांग्रेसले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा सांसदहरूका लागि तय गरिएको कार्यक्रमअघि नै पक्राउबारे औपचारिक धारणा सार्वजनिक गर्ने जनाएको छ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार नेताहरूबीच निरन्तर परामर्श भइरहेको छ र घटनाबारे साझा धारणा बनाउने तयारी भइरहेको छ। लेखकलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा प्रहरीले बिहानै उनको निवासबाट पक्राउ गरेको हो। यो घटनापछि कांग्रेसभित्र रणनीति तय गर्ने विषयमा छलफल चर्किएको छ।





























प्रतिक्रिया