काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउपछि नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ।

बैठकमा ओली पक्राउको घटनाबारे विस्तृत छलफल भइरहेको नेताहरूले बताएका छन्। पार्टीले यस घटनालाई लिएर आगामी रणनीति तय गर्ने तयारी गरेको छ।

एमाले नेताहरूका अनुसार पक्राउविरुद्ध पार्टीले विरोध कार्यक्रम अघि बढाउने सम्भावना छ। केही स्थानमा कार्यकर्ताले पहिले नै प्रदर्शन सुरु गरिसकेको पनि जनाइएको छ।

पार्टीभित्र यस घटनापछि कसरी राजनीतिक र कानुनी रूपमा अघि बढ्ने भन्नेबारे छलफल केन्द्रित भएको छ।

































प्रतिक्रिया