काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउपछि स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।
अस्पताल स्रोतका अनुसार उनलाई सुरुमा ‘रेड जोन’को २७ नम्बर बेडमा राखेर प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको थियो। मिर्गौला प्रत्यारोपण गरिसकेका बिरामी भएकाले विशेष निगरानीमा राखेर जाँच गरिएको बताइएको छ।
नेफ्रोलोजी टिमका चिकित्सकसहितको टोलीले रगत परीक्षण, भिडियो एक्सरे लगायतका जाँच गरेको थियो। त्यसपछि उनलाई अस्पतालको एनेक्स–१ भवनस्थित ५०१ नम्बर बेडमा भर्ना गरिएको छ।
स्वास्थ्य अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी आएको अस्पताल स्रोतले जनाएको छ। उनीलाई त्यहाँसम्म उनकै गाडीमार्फत लगिएको पनि बताइएको छ।





























प्रतिक्रिया