आन्दोलन र प्रतिरोधका लागि एमालेले तोक्यो कमान्डर 

आन्दोलन र प्रतिरोधका लागि एमालेले तोक्यो कमान्डर 

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । पार्टी अध्यक्ष पक्राउको बिरोधमा एमालेले देशभर राजनीतिक र कानुनी प्रतिवादसहित विभिन्न बिरोधका कार्यक्रमका लागि तीन उपाध्यक्षलाई सयोजन गर्ने जिम्मेवारी दिएको छ । 

महासचिव शंकर पोखरेलका अनुसार केन्द्रीय सचिवालयको बैठकले राजनीतिक संवाद र समन्वयको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेललाई दिएको छ । 

त्यस्तै,ससदमा रहेका दलहरुसग समन्वय र स‌ंवाद संयोजनको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादल र कानुनी प्रतिवाद र सयोजनको जिम्मेवारी  गोकर्ण बिष्टलाई दिइएको छ ।

सबै राजनीतिक दल, नागरिक समाज र जनसमुदायसँग मिलेर राजनीतिक र कानुनी प्रतिवाद गर्ने भन्दै बैठकबाट एमालेले देशब्यापी विरोधका विभिन्न कार्यक्रम तय गरेको छ ।

Logo