हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

केन्द्रबिन्दु
12
Shares

बागमती । लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको सूचना अधिकारी बरिष्ठ अधिकृत हरेराम आचार्यले जानकारी दिए ।

क्लिङ्कर उत्पादन गर्ने र प्याकिङ्गको कामपछि उत्पादित सिमेन्ट बजारमा पठाउने तयारी भइरहेको छ । सूचना अधिकारी आचार्यका अनुसार उद्योगसँग दुई सातालाई पुग्ने कच्चापदार्थ छ, त्यसैबाट क्लिङ्कर उत्पादन भइरहेको छ र थप कच्चापदार्थको व्यवस्थापन भइरहेको छ ।

नियमित उत्पादन हुँदा दैनिक सात–आठ सय क्विन्टल क्षमता भए पनि हाल छ सय क्विन्टलसम्म सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ । विसं २०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको उद्योगले विसं २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।

Logo