काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणले नेपाली कांग्रेसभित्रको अन्तरविरोध खुला रूपमा सतहमा ल्याएको छ । एउटै घटनामा पार्टीका दुई शक्तिशाली धारले फरक–फरक बाटो रोजेका छन् ।
सभापति गगन थापा नेतृत्वको नेपाली कांग्रेसले सरकारको कदमलाई ‘सेलेक्टिभ’ भन्दै आलोचना त गरेको छ, तर तत्काल आन्दोलन वा सडक संघर्षमा नजाने स्पष्ट रुपमा बताएको छ । उक्त पक्षले कानुनभन्दा माथि कोहीपनि नहुने भन्दै कानुनी प्रक्रिया, निष्पक्षतामा देखिएको छ जसलाई धेरैले सकारात्मक भनेका छन् ।
यता, पूर्णबहादुर खड्का नेतृत्वको समूह भने सुरुदेखि नै आक्रामक देखिएको छ । उक्त पक्षले गिरफ्तारीलाई राजनीतिक प्रतिशोध भन्दै त्यसविरुद्ध कानुनी मात्र होइन, राजनीतिक र आवश्यक परे सडकबाट समेत कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
दुवै पक्षले ‘चयनात्मक कारबाही’ को आरोपमा सहमति जनाए पनि त्यसको प्रतिकार गर्ने शैली र रणनीतिमा ठूलो अन्तर देखिएको छ । यही फरक दृष्टिकोणले कांग्रेसभित्रको शक्ति सन्तुलन र आगामी राजनीतिक दिशा दुवैलाई प्रभावित पार्ने समेत संकेत देखिएको छ ।





























प्रतिक्रिया