बलिउड चलचित्र उद्योगमा छुट्टै स्थान बनाएकि अभिनेत्री दीपिका पादुकोणको फिटनेश सिक्रेट सबैलाई थाहा छैन् । २००७ सालमा बलिउडमा पाईला टेकेकी पादुकोणले ५ जनवरीमा ३२ औँ जन्मदिन बनाएकी छिन् ।
बलिउड यस्तो चलचित्र उद्योग हो, जहाँ ‘रुप र हाईट र ट्यालेन्टले मात्रै बलिउडमा टिक्न सकिँदैन, यि सबै गुणका बाहेक सँधै फिट रहनु पनि आवश्यक हुन्छ ।’ उनको जस्तै फिगर बनाउन लाखौं फ्यानले अनेक प्रयास र उपाय अपनाउने गर्छन । तर सबैमा सम्भव हुँदैन ।
के हो दीपिकाको फिटनेश सिक्रेट ?
दीपिका फिटनेशको मामलामा निकै अनुशासित छिन् । ब्याडमिन्टनकी खेलाडी दीपिका आफूलाई फिट राख्न हरेक बिहान ब्याडमिन्टन खेल्ने गर्छिन् । जसले उनलाई स्वस्थ रहनमा पनि मद्दत गर्छ । डाइट प्लान स्वस्थ र स्फूर्त राख्नका लागि उनले खाना र व्यायाममा विशेष ध्यान दिने गर्छिन् । उनी सँधै ताजा र स्वस्थ खाना खान्छिन् भने जंक फूडबाट टाढा रहन्छिन । यसैगरी उनी चिल्लो र मसालेदार खाना पनि खादिनन् ।
ब्रेक फास्ट
२ वटा अन्डा, कम फ्याट भएको दुध र साउथ इन्डियन खानामा उपमा, इडली र डोसा ।
खाना
२ वटा रोटी, ग्रिल्ड फिस र ताजा हरियो तरकारीका परिकार ।
साँझको खाजा
फिल्टर कफी र ड्राई फ्रुट्स ।
बेलुकाको खाना
रोटी, हरियो तरकारी र सलाद । यसबाहेक उनी ताजा मौसमी फल खाने, ताजा फलको जुस पिउने र प्रत्येक दुई घण्टामा नरिवलको पानी पिउने गर्छिन् । रातमा नन भेज खाना खादिनन् । डार्क चकलेट पनि उनलाई निकै मन पर्छ । व्यायामको समय दीपिकाको फिटनेश फर्मुला मिक्स छ । उनको फर्मुलामा कार्डियो, जिम, डान्स र योगा पर्छ ।
फिटनेशका लागि बलिउडमा चर्चित अभिनेत्री मध्येकी उनी पनि एक हुन् । त्यसैले उनलाई बडी सेप र स्पोर्टी शरीरका लागि पनि बलिउडमा जान्ने गरिन्छ । योगा, जिम, सन्तुलित खाना र अनुशासित जीवनशैलीले उनलाई झन् ताजा र स्फूर्त बनाउँछ । व्यायामको तरिका दीपिका व्यायामका हरेक दिन बिहान ६ बजे उठ्ने गर्छिन् । त्यसपछि उनी योगासन, स्टे«चिंग र आधा घण्टा वाक गर्छिन् । योगामा उनले प्राणायाम, ध्यान र विभिन्न आसन गर्ने गर्छिन् । साथै सूर्य नमस्कार पनि उनको योगामा समावेश हुन्छ । योगाले उनको शरीरलाई सँधै तन्दुरुस्त राख्नुका साथै सही बडी पोस्चरमा राख्नेगर्छ ।
शरीरिक क्षमता, शक्ति बढाउन र लामो समयसम्म काममा खटिन मद्दत गर्ने विभिन्न अभ्यासहरू पुसअप, पुलअप, क्रन्चेज र स्क्वायट्स गर्छिन् । यसका साथै उनलाई डान्स गर्न पनि मन पर्छ र आफूलाई फिट राख्नका लागि उनी एरोबिक, जुम्बा र साल्सा जस्ता डान्स पनि गर्ने गर्छिन् । शरीर तन्काउने खालको व्यायाम उनको वर्कआउटको प्रमुख भाग हो ।
फिटनेस टिप्स
- फिटनेसलाई जीवन जिउने बाटो बनाउनुहोस् ।
- सँधै फ्रेस, स्वस्थ र पोषणयुक्त खाना खाने गर्नुहोस् ।
- फिटनेस भनेको स्लीम राख्नु मात्रै होइन स्वस्थ राहनु पनि हो ।
- व्यायामलाई जीवनको एउटा आवश्यक कामको रुपमा समावेश गर्नुहोस् ।
- फिट र स्वस्थ रहनका लागि खानामा सँधै ध्यान दिनुहोस् । त्यसका साथै सकेसम्म समय निकालेर कुनै न कुनै खेल खेल्नु पर्छ । जस्तैं ब्याडमिन्टन, टेबल टेनिस आदि ।
- डान्सले पनि क्यालोरी कम गर्न मद्दत गर्ने हुँदा डान्स पनि गर्नुहोस् ।
- सन्तुलित खानाका साथै पानी पनि प्रशस्त मात्रामा पिउनु पर्छ ।





























प्रतिक्रिया