सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

केन्द्रबिन्दु
3
Shares

तेह्रथुम। फेदाप गाउँपालिका–१ पोक्लाबाङमा निर्माणाधीन सांस्कृतिक सङ्ग्रहालय भवन अन्तिम चरणमा पुगेको छ ।

लोपोन्मुख सांस्कृतिक वस्तुहरूको संरक्षण गर्ने उद्देश्यले निर्माण भइरहेको यो सङ्ग्रहालय परम्परागत शैलीमा झिङ्गटीको छानोसहित तयार पारिएको हो ।

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ संस्थाको अगुवाइमा निर्माण भइरहेको यस सङ्ग्रहालयमा याक्थुङ (लिम्बू) समुदायसँग सम्बन्धित पुराना सांस्कृतिक सामग्री, ऐतिहासिक दस्तावेज र गोर्खा–लिम्बूवान युद्धकालीन सामग्री राखिने योजना छ ।

स्थानीय तहका अनुसार पोक्लाबाङ क्षेत्रका १९ थरि लिम्बू समुदायले यस स्थानलाई माङ्गेन्ना यकका रूपमा मान्दै आएका छन्, जहाँ आफ्ना पुर्खासँग सम्बन्धित ऐतिहासिक र सांस्कृतिक पहिचान जोडिएको विश्वास गरिन्छ ।

सहरी विकास मन्त्रालयको करिब २ करोड ७३ लाख रुपैयाँ बजेटमा निर्माण भइरहेको यो परियोजना चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

निर्माण सम्पन्न भएपछि यो सङ्ग्रहालय सांस्कृतिक अध्ययन, पर्यटन र स्थानीय इतिहास संरक्षणको महत्वपूर्ण केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

Logo