काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध भएको प्रदर्शनका क्रममा पक्राउ परेकामध्ये ६ जनालाई प्रहरीले रिहा गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बबरमहलबाट पक्राउ परेकामध्ये अधिकांशलाई आवश्यक सोधपुछपछि छोडिएको हो ।
तर, पक्राउ परेका एक व्यक्ति विमल धमला भने बैंकिङ कसुर मुद्दामा फरार अभियुक्त रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । उनीविरुद्ध दुई वटा मुद्दा रहेको र थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
प्रदर्शनका क्रममा उनले निजी सवारीसाधनमा तोडफोड गर्ने प्रयास गरेको आरोपसमेत लागेको छ । यता, बाँकी ६ जनालाई भने प्रारम्भिक अनुसन्धानपछि रिहा गरिएको प्रहरीले स्पष्ट पारेको छ ।





























प्रतिक्रिया