काठमाडौं ।
ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको निमित्त प्रमुखमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । यस अघि प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक रहेका शाक्यलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरिएको हो ।
मन्त्रालयका अनुसार वरिष्ठताको आधारमा शाक्यलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो । अर्को व्यवस्था नभइन्जेलसम्मका लागि मन्त्रालयले उनलाई जिम्मेवारी दिएको छ ।
ऊर्जामन्त्री वर्षमान पुनले गत शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गराउन निर्देशन दिएका थिए । ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता भएपनि शाक्य वरिष्ठ उपकार्यकारी निर्देशक भएकाले वरिष्ठताका आधारमा उनलाई जिम्मेवारी दिइएको बताइएको छ ।
कुलमान घिसिङको कार्यकाल गत भदौ २९ गते सकिएपछि प्राधिकरण निमित्तका भरमा चल्दै आएको छ ।































प्रतिक्रिया