किन अस्पताल भर्ना भए पूर्वऊर्जामन्त्री दीपक खड्का ?

किन अस्पताल भर्ना भए पूर्वऊर्जामन्त्री दीपक खड्का ?

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन्।

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएका उनलाई टिचिङ अस्पताल महाराजगन्ज भर्ना गरिएको हाे ।

काठमाडौं जिल्ला अदालतले उनलाई अनुसन्धान निम्ति ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ। तर गएराति साढे १२ बजेतिर बान्ता भएपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा उनलाई नर्भिक अस्पताल लगिएको थियो । निरन्तर बान्ता भएपछि नर्भिक अस्पतालले उनलाई त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको थियो ।

सम्पत्ति शुद्धीकरण कसुरको जाँचबुझ अनुसन्धानका सिलसिलामा पक्राउ परेका खड्काको आइतबार बयान कार्य सुरु भए पनि निजविरुद्ध प्रमाणहरू बुझ्ने तथा बयान गराउनेलगायत अनुसन्धानसम्बन्धी कार्य बाँकी नै रहेकाले सो प्रयोजनको लागि प्रतिवादीलाई हिरासतमा राख्न अनुमति दिएको हो ।

आदेशमा भनिएको छ, “सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुमति माग गरेको र अनुमति माग गरेको बेहोरा मनासिव देखिँदा निज प्रतिवादी दीपक खड्कालाई हिरासतमा राखी उपयुक्त लेखिएबमोजिमका कार्यहरू सम्पन्न गर्ने प्रयोजनका लागि सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा १७ (४) बमोजिम मिति २०८२।१२।१५ गतेदेखि लागू हुने गरी ७ (सात) दिनको म्याद थपको अनुमति प्रदान गरिदिएको छ ।”

नेता खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी सङ्कलनसमेत गरेको थियो ।

Skip This
Skip This
Logo