बिक्रिमा आयो यौनाङ आकर्षक देखाउने क्रिम

बिक्रिमा आयो यौनाङ आकर्षक देखाउने क्रिम

केन्द्रबिन्दु
0
Shares

महिलाले आफ्नो यौनाङलाई आकर्षक बनाउन प्रयोग गर्ने क्रिम बजारमा आउन लागेको कुरालाई गत बर्ष सामाजिक संजालमा हाँसोको बिषय बनाइयो ।

अब मार्च महिना देखि यो क्रिम बेलायतको बजारमा बिक्रिलाई आउने भएको छ । अमेरिकाको कम्पनीलेले ‘परफेक्ट भि’ नाममा निकालेको यो ब्राण्डलाई स्क्याण्डेनेभियनमा बसोबास गर्ने महिलाहरुले मनपराउने विश्वास राखिएको छ । स्क्याण्डेनेभियनका महिलाहरु आफुलाई निवस्त्र तुल्याउन अप्ठ्यारो नमान्ने हुनाले पनि यो क्रिम उनीहरुलाई उपयोगी हुने देखिएको छ ।

परफेक्ट भिले महिलाको यौनाङलाई राम्रो देखाउन अहिले ८ किसिमका क्रिम, हाईलाईटर र बास्नादार झोलहरु निकालेको छ । यि क्रिमहरु मध्ये केहीले यौनाङको छालालाई गोरो र राम्रो बनाउने गर्छ भने कुनैले चम्किलो बनाउने त कुनैले यौनाङलाई आकर्षक बनाउने छ । यो वाहेक यो कम्पनीले यौनाङलाई बास्नादार बनाउन बिभिन्न सुगन्धका अत्तरहरु पनि निकालेको छ । यो क्रिम कम्पनीले केही क्रिमहरु यस्तो किसिमको पनि बनाएको छ जसले योनीलाई झोल्लिनवाट रोक्ने समेत गर्छ भन्ने दावा गरेको छ ।

गत बर्ष यो क्रिम आउने समाचार आएपछि धेरै महिलाहरुले आश्चर्य प्रकट गरेर सामाजिक संजालमा विभिन्न टिप्पणीहरु गरेका थिए । अब यो क्रिम बजारमा आउने भएपछि धेरै महिलाहरुले यसप्रति कौतुहलता सिर्जना गरेका छन् । जसमा कम्पनीले तपाईले आफ्नो अनुहारलाई जसरी क्रिमहरु लगाएर आकर्षक बनाउनु हुन्छ त्यसरी नै यो क्रिम लगाएर आफ्नो यौनाङलाई पनि राम्रो बनाउन सक्नुहुनेछ ।

Skip This
Skip This
Logo