मल्कवाङमा पुग्यो राष्ट्रिय प्रसारण लाइन गाउँले हर्षित

मल्कवाङमा पुग्यो राष्ट्रिय प्रसारण लाइन गाउँले हर्षित

केन्द्रबिन्दु
12
Shares

म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युत् सेवा विस्तार गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत मराङ हुँदै मल्कवाङसम्म लाइन विस्तार गरी घरघरमा बिजुली पुर्‍याइएको हो । विद्युत् विस्तारका क्रममा पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडानको काम सम्पन्न भएपछि हाल स्थानीय घर, वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयमा विद्युत् सेवा सञ्चालनमा आएको छ ।

पहिलो चरणमा करिब ४३ घरमा मिटर जडान गरी विद्युत् आपूर्ति सुरु गरिएको छ । आगामी चरणमा अन्य टोलमा समेत विस्तार गर्ने योजना रहेको छ । यसअघि यहाँका बासिन्दा लघु जलविद्युत् परियोजनाको भरमा रहेका थिए । अब राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेपछि नियमित र भरपर्दो बिजुली सेवा पाउने अपेक्षा गरिएको छ ।

म्याग्दीका विभिन्न स्थानमा समेत विद्युत् विस्तारको काम तीव्र रूपमा अघि बढिरहेको छ । आयोजना पूरा भएपछि अधिकांश बस्ती राष्ट्रिय प्रसारण लाइनसँग जोडिनेछन् ।

Skip This
Skip This
Logo