परिचित निर्देशक बद्री अधिकारीकी छोरी केकीले राम्रो अभिनय गर्ने अभिनेत्रीको परिचय बनाएकिछन् । त्यही कारण उनको ‘डिमान्ड’ छ, फिल्म क्षेत्रमा । तर अभिनयमा ‘डिमान्ड’ हुँदा–हुँदै उनी निर्मात्री बनेकी छन् । उनले बनाइरहेको फिल्मको नाम ‘कोहलपुर एक्सप्रेस’ हो । स्मरणिय कुरा के छ भने, उनले आफूले बनाएको फिल्ममा बाबुलाई निर्देशक बनाइनन् । केकीले होम प्रोडक्शन जुनकिरी आर्टस्बाट यो फिल्म निर्माण गरिरहेकीछिन् । प्रस्तुत छ, उनै ‘एक्टिङ क्वीन’ केकीसँग केन्द्रबिन्दु डटकमकालागी अदिती पौडेलले गरेको कुराकानी –
१. केकी अधिकारी अब निर्माता कि नायिका ?
– नेपाली फिल्म इन्डस्ट्रीजको सधैं शुभचिन्ता गर्ने ब्यक्ति । कलाकार । अभिनेत्री । अब ‘फिल्ममेकर’ पनि ।
२. ‘कोहलपुर एक्सप्रेस’ कस्तो कथा हो ?
– कमेडी मुभी हो । मान्छेलाई हसाउँन गरिएको प्रयास ।
३. यहाँले ‘बिराटनगर एक्सप्रेस’ नबनाएर किन ‘कोहलपुर एक्सप्रेस’ बनाउनु भएको ?
– यो नाम ‘स्टोरीको डिमान्ड’ हो । म विराटनगरको भएकिले सोध्नु भएको होला । कथाले विराटनगर माग्यो भने अर्को फिल्ममा विराटनगर पनि आउन सक्छ ।
४. फिल्म हेर्ने दर्शकले के पाउँछन् र नहेर्ने दर्शकले के छुटाउँछन् ?
– एउटा रमाइलो खुराक हो । हेर्नेले राम्रैसँग ‘इन्जोय’ गर्नसक्छन् । हेर्ने र नहेर्नेले के पाउने र गुमाउने भन्ने हुन्न । नहेर्नेले मैले पहिलो पटक निर्माण गरेको कमेडी फिल्मको ‘रस’ छुटाउँछ ।
५. घरमै (बुबा बद्री अधिकारी) ठुलो निर्देशक हुँदा–हुँदै किन यहाँले अरु निर्देशक लिनु भयो ? बुबालाई किन लिनु भएन ?
– ‘स्टोरी’ का कारणले अर्को निर्देशक छानेका हौं । र, सल्लाह गरेरै हामीले उहाँ (विशाल भण्डारी)लाई छानेका हौं । आफ्नो बाबासँग काम गर्न कसलाई मन नहोला र ?
































प्रतिक्रिया