वासिङ्टन डीसी । इरानसँग तनाव चुलिँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रामक सैन्य रणनीति अघि सारेका छन्। हजारौँ अमेरिकी सैनिक पश्चिम एसियातर्फ पठाइँदै छन्, जसले सम्भावित ठूलो युद्धको संकेत दिएको छ।
अमेरिकी सेनाको चर्चित ८२ औँ एयरबर्न डिभिजनका प्याराट्रूपरहरू फोर्ट ब्रागबाट उडिसकेका छन्। यसअघि नै हजारौँ मरिन सैनिक क्षेत्रमै तैनाथ छन्। नयाँ तैनाथीले अमेरिका इरानविरुद्ध जमिनमै उत्रिन तयार भएको सन्देश दिएको छ।
युद्धको दाउ अझ खतरनाक बन्दै गएको छ। ट्रम्प प्रशासनभित्र इरानको मुख्य तेल केन्द्र ‘खर्ग टापु’ कब्जा गर्ने विकल्पमाथि छलफल भइरहेको बताइएको छ। साथै, इरानको भूमिभित्र छिरेर युरेनियम नियन्त्रण गर्ने योजना समेत टेबलमा छ।
त्यति मात्रै होइन, होर्मुज जलडमरु बन्द भएमा इरानका तेल कुवा र पावर प्लान्टमाथि सिधै आक्रमण गर्ने ट्रम्पको चेतावनीले स्थिति झन् विस्फोटक बनाएको छ।
एकातिर वार्ताको कुरा, अर्कोतिर युद्धको तयारी—ट्रम्पको दोहोरो रणनीतिले विश्वलाई नयाँ द्वन्द्वतर्फ धकेल्ने संकेत देखिएको छ।































प्रतिक्रिया