संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान

संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ।सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएपछि सचिवालयले बैठक बोलाएको हो। बैठक बुधबार दिउँसो १ बजे बस्नेछ। प्रतिनिधिसभाको बैठक सुरु हुनुभन्दा एक घण्टा अघि सर्वदलीय बैठक राखिएको हो।

बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संसद् सचिवालयका अधिकारीहरूको सहभागिता रहनेछ।प्रतिनिधिसभाको पहिलो बैठक १९ चैत दिउँसो २ बजे बस्ने तयारी छ, जसले सभामुख चयन प्रक्रियालाई अघि बढाउनेछ।

Logo