लुम्बिनीमा थन्किएका करोडौंका विद्युतीय बस सञ्चालनमा ल्याउन प्रधानमन्त्री कार्यालयको निर्देशन

लुम्बिनीमा थन्किएका करोडौंका विद्युतीय बस सञ्चालनमा ल्याउन प्रधानमन्त्री कार्यालयको निर्देशन

केन्द्रबिन्दु
51
Shares

काठमाडौँ । लुम्बिनीमा ६ वर्षदेखि थन्किएका करोडौँ मूल्यका विद्युतीय बस तत्काल सञ्चालन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ। पर्यटक सेवा र वातावरणमैत्री यातायातका लागि एसियाली विकास बैंकको सहयोगमा ल्याइएका ५ वटा बस र १४ वटा विद्युतीय भ्यान लामो समयदेखि सञ्चालनमा नआएपछि सरकार सक्रिय बनेको हो।

यसअघि बस काठमाडौँ लैजाने तयारी भइरहे पनि प्रधानमन्त्री कार्यालयको चासोपछि उक्त निर्णय रोकिएको छ। अब बसहरू लुम्बिनीमै सञ्चालन गर्ने तयारी गरिएको छ। लुम्बिनी विकास कोषका अनुसार कानुनी तथा व्यवस्थापन मोडालिटी मिलाएर बस मंगलबारदेखि सञ्चालन गर्ने तयारी भइरहेको छ।

करिब १३ करोड रुपैयाँ लागतमा खरिद गरिएका ती विद्युतीय बस र भ्यान लामो समयदेखि चार्जिङ स्टेसनमै थन्किएका थिए। सञ्चालन नहुँदा उपकरण बिग्रने जोखिम बढेको भन्दै तत्काल प्रयोगमा ल्याउन दबाब बढेको हो। स्थानीयले भने सार्वजनिक सम्पत्ति दुरुपयोग र लापरबाही भएको भन्दै छानबिन र दिगो सञ्चालन योजना माग गर्दै आएका छन्।

Skip This
Skip This
Logo