काठमाडौं। संस्थापन पक्षीय कांग्रेसका कार्यवाहक सभापतिको भूमिकामा रहेका पूर्णबहादुर खड्काले बोलाएको बैठकमा १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरू सहभागी छन्। छलफल जारी छ ।
बैठकमा हालैको निर्वाचन परिणामको समीक्षा, आगामी महाधिवेशनको तयारी र पार्टीभित्रको आन्तरिक अवस्थाबारे गम्भीर छलफल भइरहेको जनाइएको छ।
गगन थापाको नेतृत्वप्रति असन्तुष्ट देखिएको यो समूहले पार्टीको भावी रणनीतिमा केन्द्रित भएर बैठक अघि बढाएको स्रोतको भनाइ छ। बैठकमा खड्कासहित देउवा पक्षका शीर्ष नेताहरूको उपस्थिति रहेको छ।





























प्रतिक्रिया