उदयपुर । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) की एक कर्मचारी ग्राहकको खाताबाट रकम हिनामिना गरेको आरोपमा पक्राउ परेकी छन्।
गाईघाट शाखामा कार्यरत सुनिता बानियाँलाई बैंककै उजुरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा बानियाँले ग्राहकहरूको खातामा रहेको रकम दुरुपयोग गरेको खुलेको प्रहरीले बताएको छ। बैंकले आन्तरिक छानबिन गर्दा अनियमितता देखिएपछि प्रहरीलाई जानकारी गराएको थियो।
हाल बानियाँ प्रहरी हिरासतमा रहेकी छन् र उनीमाथि बैंकिङ कसुर तथा ठगी मुद्दामा अनुसन्धान भइरहेको छ । प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा पनि थप अनुसन्धान गरिरहेको जनाएको छ ।





























प्रतिक्रिया