काठमाडौं
अस्वाभाविक रूपमा १५ दिनमा पाँच पटक सम्म मूल्यवृद्धि गरेका सिमेन्ट उद्योगीलाई सरकारले कारबाहीका लागि चासो नदेखाएपछि उद्योगीहरूले मनोमानी शुल्क घटाएको घोषणा गर्न थालेका छन् । १५ दिनको अवधिमा प्रतिबोरा १२० रुपैयाँ मूल्य बढाएको शिवम सिमेन्टले सरकारलाई पत्र लेख्दै २२ रुपैयाँ मूल्य घटाएको बताएको छ ।
मूल्यवृद्धि गरेको जानकारी नगराउने उद्योगीहरूले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन थालेपछि कारबाहीबाट बच्न बढाएको मूल्यको सानो अंश घटाएको जानकारी गराएको हो । सिमेन्ट उद्योगीले प्रतिबोरा सिमेन्टको मूल्य २२ रुपैयाँ मात्रै घटाएकोमा उपभोक्ता अधिकारकर्मीहरूले आपत्ति व्यक्त गर्दै सिमेन्ट उद्योगीले ठगीको अर्को प्रपञ्च सुरु गरेको बताएका छन् ।
सिमेन्ट उद्योगीहरूले सिमेन्टमा प्रतिबोरा १७ प्रतिशत सम्म मूल्य बढाएका छन् । मंसिर अन्तिम साता प्रतिबोरा ७९० रुपैयाँका दरले रहेको सिवम सिमेन्टको मूल्य पछिल्लो समय प्रतिबोरा ९१० रुपैयाँ पुगेको थियो । बुधबारबाट २२ रुपैयाँका दरले मूल्य घटेसँगै सिवम सिमेन्टको मूल्य प्रतिबोरा ८८८ रुपैयाँ पुगेको छ ।
राजधानीबाट





























प्रतिक्रिया