आरिफ र रासिदको सानदार ब्याटिङ, कोशीमाथि ६ विकेटकाे जित

आरिफ र रासिदको सानदार ब्याटिङ, कोशीमाथि ६ विकेटकाे जित

केन्द्रबिन्दु
27
Shares

काठमाडौं। आरिफ शेख र रासिद खानको उत्कृष्ट अर्धशतकीय योगदानको मद्दतले नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा जित दर्ता गरेको छ।

आज भएकाे खेलमा पुलिस क्लबले कोशी प्रदेशमाथि ६ विकेटको सहज निकालेकाे हाे । कोशी प्रदेशले दिएको १६३ रनको मध्यम लक्ष्य पुलिस क्लबले ३३.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको कोशी प्रदेश ४२.५ ओभरमा १६२ रन बनाउँदै अलआउट भएको थियो। कोशीका लागि सुजन थपलियाले ४८ रन र सुमन श्रेष्ठले ४३ रन जोड्नु बाहेक अन्य ब्याटरले ठूलो स्कोर बनाउन सकेनन्। मध्यम योगफलमा समेट्ने क्रममा पुलिस क्लबका बलरहरूले कसिलो बलिङ प्रदर्शन गरेका थिए।

जवाफी ब्याटिङमा उत्रिएको पुलिस क्लबको सुरुवात सुखद नभए पनि मध्यक्रममा आरिफ शेख र रासिद खानले इनिङ्स सम्हालेका थिए। आरिफले अविजित ८१ रनको उत्कृष्ट पारि खेले भने रासिद खानले ७३ रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्‍याए।

यी दुई ब्याटरबीचको बलियो साझेदारीका कारण पुलिसले ३३.५ ओभरमै लक्ष्य भेट्टाउन सफल भयो।

Skip This
Skip This
Logo