बाग्लुङ

बाग्लुङको काठेखोला गाउँपालिका–२ साबिक भिमापोखरा गाविसका दलित किसानहरुले उत्पादन गरेको दुघ विक्रि नभएपछि उनीहरु चिन्तीत बनेका छन् । "/>

जहाँ अझै दलितले उत्पादन गरेको दुध बिक्दैन…!

जहाँ अझै दलितले उत्पादन गरेको दुध बिक्दैन…!

केन्द्रबिन्दु
0
Shares

बाग्लुङ

बाग्लुङको काठेखोला गाउँपालिका–२ साबिक भिमापोखरा गाविसका दलित किसानहरुले उत्पादन गरेको दुघ विक्रि नभएपछि उनीहरु चिन्तीत बनेका छन् । आफुहरुले उत्पादन गरेको दुघ र दुधजन्य सामाग्री विक्रि नभएपछि उनिहरु चिन्तित बनेका हुन् । भिमपोखराका ४२ बर्षका चिन्तामणी सुनारले दुईवटा भैसी पालेका छन् । गाउँमै दुग्ध सहकारी भएपनि दलित भनेर दुघ सहकारीले लिन नमानेपछि उनले दुघबाट घिउ बनाएर मोही मलखादमा फाल्दै आएको धेरै समय भयो । तर दलित भएकै कारण उनले उत्पादन गरेको घिउ पनि विक्रि नहुँदा उनलाई चिन्ताले सताएको छ ।

उनी भन्छन् ‘दलितका दुध गाउँमा चलाउन गाह्रो हुन्छ भनेर सहकारीले हाम्रो दुध मिसाउदैँन’ हाम्रो दुध पनि मिसाईदिए छोराछोरीले कापी कलम किन्थे, नुन चिनि किन्न समस्या हुने थिएन ।’ गाउँका मानिसहरुले दुध विक्रि गरेर १० हजार कमाए भनेर सुनाउँदा पनि उनको मन अमिलो हुन्छ । ‘गाईबस्तु पालौँ भने दुध विक्दैन, ज्याला मजदुरी र खेतीपाती गर्नुको अरु विकल्प छैन’ उनी भन्छन् ‘अरुले जस्तै गरी दुध विक्रि गर्न पाए व्यवसायिक रुपमै पशुपालन गर्ने ठुलो चाहना छ’ ।

चिन्तामणी जस्तै भिमपोखरामा कयौँ घरपरिवारहरुले उत्पादन गरेका दुध विक्रि गर्न नपाउदा भित्र भित्रै तडपिन्छन् तर उनीहरुको इच्छा कहिलै पुरा नहुने बताउँछन् । त्यस ठाउँमा रहेको एक सहकारीमा बारम्बार दुध मिसाउन पाउनुपर्छ भनी आन्दोलन गरेपनि सहकारीमा भएका २ जनाको शेयर समेत निकालि दिएको उनीहरुको गुनासो छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo