एमालेका नामी युवा नेता हुन् ठाकुर गैरे । यतिवेला उनका नाममा धेरैले ‘सेम्प्याथी’ जताएर सामाजिक सञ्जालमा लेखिरहेका छन्, –‘हिजोअस्ती पार्टीमा आएकि कोमल ओलीले राष्ट्रिय सभामा ठाऊँ पाउने तर ठाकुरले नपाउने ?’
अखिलका पूर्व अध्यक्ष समेत रहेका एमाले केन्द्रीय सदस्य गैरेले पछिल्ला कुनै पनि चुनावमा टिकट पाएनन् । अहिले आएर राष्ट्रिय सभा चुनाववाट पनि उनी बञ्चित भएपछि उनीप्रतिको आम चासो प्रदर्शन भएको हो । यही सन्दर्भमा प्रस्तुत छ, उनै नेता ठाकुर गैरेसँग केन्द्रबिन्दु डटकमकालागी पंकजबहादुर धामीले गरेको ५ प्रश्न –
१. ०७० र ०७४ को चुनावमा अन्तिम समयमा आएर तपाईंको नाम काटियो, राष्ट्रियसभाको चुनावमा पनि उही ताल देखियो । पार्टीेले किन छक्याउँदैछ तपाईलाई ?
– यसको जवाफ आदरणीय हाम्रो पार्टीको अध्यक्ष केपी ओलीले मात्र दिन सक्नुहुन्छ । यस प्रश्नको जवाफ मसँग छैन ।
२. तपाई माथि नै किन बारम्बार यस्तो भइरहेको छ ?
– म स्कुल ‘लेभल’देखि नै निरन्तर आन्दोलनमा छु । परिवर्तनको अभियानमा छु । नेपाली विद्यार्थी आन्दोलनका लागी मैले नेतृत्व गरेर महत्वपूर्ण काम गरेको छु । पार्टीको आठौँ र नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रिय कमिटि सदस्य पनि हो म । मैले पार्टीले दिएको जिम्मेवारी देश र जनताको पक्षमा, समाज रुपान्तरणको पक्षमा गर्ने प्रयास गरेको छु । लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने, यो देशबाट सामान्तबाद समाप्त गर्ने लगायतको परिवर्तन र विकाशको काममा म सहभागी हुँदै आएको छु । र, मैले आफ्नो कर्तव्य पुरा गरेको छु र निरन्तर म त्यही गर्छु । पार्टीको नेतृत्वका हिसावले मेरो विषयमा जे कुरा भएका छन्, त्यो चाँही निर्णय गर्ने ठाउँमा रहेका नेताहरुलाई थाहा होला ।
३. तपाईं कमजोर गुटमा भएकाले जहिल्यै पाखा पर्नुभएको हो भन्यो भने ठीक हुन्छ ?
– हैन, म आठौँ महाधिवेशनमा कुनै पनि प्यानलमा थिएन्, तर पनि निर्वाचित भएर आएको हुँ । महाधिवेशन हो महाधिवेशनमा एउटा टिममा म अवश्य थिएँ । महाधिवेशन भनेकै आफुलाई मन परेको नेता छान्नका लागी हो । त्यसमा मैले मन परेको नेतालाई मतदान गरे हुँला । तर महाधिवेशनको अवधि बाहेक म एमालेको कार्यकर्ता हुँ, म एमालेको कार्यकर्ताको हिसाबमा काम गरिरहेको छु । र, अरुहरुले मलाई कुन हिसावमा बुझ्छन् त्यो सरोकारको विषय भएन ।
महाधिवेशनमा माधव नेपाललाई मतदान गरेको भन्ने आधारमा मेरो विषयमा ती निर्णयहरु भएका हुन भने त्यो दुर्भाग्य हो ।
४. तपाईंका विषयमा दुइथरी कुरा सुनिने गरेका छन् – एउटा जनताले रुचाएर पनि ठाकुर गैरेलाई एमालेका शीर्ष नेताहरुले रुचाएनन् भन्ने र अर्को राष्ट्रियसभाका लागी तपाईको नाम प्रदेशबाटै सिफारिस भएको थिएन् । स्पष्ट पारिदिनु न, खास कुरा के हो ?
– हैन, मैले फेरि भने सत्य कुरा म स्थायी कमिटिको बैठकमा उपस्थित हुने मान्छे होइन् । म केन्द्रिय कमिटिमा हुने मान्छे स्थायी कमिटि बैठकमा सहभागि हुने कुरा हुँदैन । अब स्थायी कमिटिमा मेरो नाम प्रस्तुत भयो भएन, प्रदेश कमिटिले मेरो नाम सिफारिस गर्यो/गरेन भन्नेकुरा त्यहाँ भएका नेताहरुले भन्न सक्ने कुरा भयो । तर मलाई पार्टीले जिम्मेवारी दिनपथ्र्यो/पर्थेन यो विषय चाहीँ अहिले पब्लिक बहसको विषय बनिरहेको सन्दर्भ छ । त्यसैले यसमा मैले आफैले मेरो विषयमा ठीक–बेठीक छुट्याउने होइन । मैले टिकट पाउनुपथ्र्यो, मलाई दिएनन् भनेर रोइकराई गर्नु पनि उपयुक्त छैन् । मैले प्रतिकृया दिनु उपयुक्त पनि छैन् ।
५ अनि अर्को कुरा अहिले कोमल ओलीसँग तपाईंको नाम जोडिएर धेरै समाचार बने । के तपाईंको भाग उनैले खोसेकी हुन् त ?
– कोमल ओलीसँग जोड्नुपर्ने कुनै आवश्यकता छैन् । कोमल ओली र मेरो एउटै विषय होईन । मलाई कोमल ओलीसँग जोडेर छलफल–बहस गर्नुपर्ने आवश्यकता छैन ।































प्रतिक्रिया