काठमाडौं। रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेको पर्यटकीय स्थल सुनदहको प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको वृत्तचित्र सार्वजनिक गरिएको छ ।
पुथा उत्तरगङ्गा गाउँपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा मंगलबार भएको सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनदहलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै विशेष गन्तव्यका रूपमा विकास गरिनुपर्ने बताएका छन् । उनले पूर्वाधार निर्माण, प्रभावकारी प्रचारप्रसार र समन्वयात्मक पहल आवश्यक रहेको उल्लेख गरेका छन् ।
लुम्बिनी प्रदेशसभा सदस्य दिलकुमारी बुढाले सुनदहलाई प्राकृतिक सौन्दर्यले भरिएको विशिष्ट गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन् । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले पनि यसको ब्रान्डिङ र प्रचारप्रसारलाई तीव्र बनाउनुपर्ने बताएका छन् ।
समुद्री सतहबाट ४ हजार ४३५ मिटर उचाइमा रहेको सुनदह प्राकृतिक, जैविक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ। यहाँ रेड पाण्डा, कस्तुरी मृग, दुर्लभ चराचुरुङ्गी तथा बहुमूल्य जडीबुटी पाइन्छन्, जसले यस क्षेत्रलाई पर्यटकीय रूपमा थप आकर्षक बनाएको छ।































प्रतिक्रिया